कैलालीमा १५ दिनमै ५६ जना लागूऔषधसहित पक्राउ

Image
maya metro

अत्तरिया कैलालीमा पछिल्लो १५ दिनको अवधिमा ५६ जना लागूऔषधसहित पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) योगेन्द्र तिमल्सिनाका अनुसार पक्राउ पर्नेमा ५४ जना पुरुष र दुई जना महिला रहेका छन् ।

nisarga

जिल्ला प्रहरी कार्यालय कैलाली मातहतका विभिन्न प्रहरी युनिटहरुबाट खटिएको टोलीले पछिल्लो १५ दिनको अवधिमा उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले जिल्लाका विभिन्न ठाउँहरुमा लागूऔषध ओसारपसार, बिक्री–वितरण तथा सेवनमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेकाहरुबाट ७० ग्राम २२० मिलीग्रम खैरो हेरोइन बरामद भएको छ । त्यस्तै ३ किलो ४५२ ग्राम चरेस र ४ ग्राम ३४० मिलिग्राम गाजा बरामद भएको प्रहरी प्रवक्ता तिमल्सिनाले बताएका छन् ।

पक्राउ परेकामाथि लागूऔषध नियन्त्रण ऐनअन्तर्गत आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको छ ।

१५ पदनको अवधीमा लागूऔषधका ३२ वटा मुद्धा दर्ता भएको तिमल्सिनाले बताएका छन् ।

प्रहरीका अनुसार पछिल्लो समय विशेषगरी युवापुस्तामाझ लागूऔषधको प्रयोग बढ्दो क्रममा देखिएकाले नियन्त्रणका लागि निगरानी, चेकजाँच र सचेतनामूलक अभियानलाई थप प्रभावकारी बनाइएको छ ।

सीमा क्षेत्र हुँदै लागूऔषध भित्रिने तथा विभिन्न स्थानमा यसको कारोबार हुने गतिविधिमाथि निगरानी बढाएको छ ।