दार्चुलाको मार्मामा यार्सागुम्बा संरक्षण तथा प्रशोधन केन्द्र स्थापना हुने

Image
maya metro

दार्चुला – दार्चुलाको मार्मा गाउँपालिकामा यार्सागुम्बा संरक्षण तथा प्रशोधन केन्द्र स्थापना हुने भएको छ। उक्त गाउँपालिका र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच यार्सागुम्बाको संरक्षण तथा प्रशोधनका लागि केन्द्र स्थापना गर्ने समझदारी भएको हो।

आइतबार मन्त्रालय र गाउँपालिकाबीच उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडूको उपस्थितिमा समझदारी पत्रमा हस्ताक्षर भएको छ। गाउँपालिकाका तर्फबाट अध्यक्ष जमनसिंह धामी र मन्त्रालयको तर्फबाट सहसचिव बाबुराम गौतमले समझदारी पत्रमा हस्ताक्षर गरेका छन्। समझदारी पत्रमा उल्लेख भएअनुसार मन्त्रालयले यार्सागुम्बा संरक्षण तथा प्रशोधन केन्द्र स्थापनाका लागि चालु आर्थिक वर्षमा ५० लाख रुपैयाँ मार्मा गाउँपालिकालाई दिनेछ।

nisarga

मन्त्रालयका सचिव तोयनारायण ज्ञवालीले यार्सागुम्बा अनुसन्धान र प्रशोधन केन्द्र स्थापनाका लागि अर्थ मन्त्रालय, वन तथा वातावरण र स्थानीय तहसँग सहर्कायको काम भइरहेको बताए। उनका अनुसार चालु आर्थिक वर्षमा नै यार्सागुम्बा अनुसन्धान तथा प्रशोधन केन्द्र स्थापना हुनेछ। दार्चुलाको अपीहिमालमा सबैभन्दा बढी यार्सागुम्बा पाइन्छन्।