दार्चुलामा डेङ्गु संक्रमणबाट ५ वर्षीया बालिकाको मृत्यु

Image
maya metro

दार्चुला – दार्चुलामा डेंगु संक्रमणबाट ५ वर्षीया एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा मालिकार्जुन गाउँपालिका–४ हुनैनाथकी उषा धामी रहेको गाउँपालिका स्वास्थ्य संयोजक गुणराज ओझाले जानकारी दिए।

बालिकालाई एक हप्ता पहिले एक्कासी ज्वरो आएको र भदौ २० गते जिल्ला अस्पताल दार्चुला ल्याएर चेकजाँच गर्दा डेंगु र स्क्रब टाइफसको संक्रमण देखाएको संयोजक ओझाले जानकारी दिए।

nisarga