डोटीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

Image
maya metro

अत्तरिया – डोटीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।

शुक्रबार जिल्लाको जोरायल गाउँपालिका–१ मणिपुर निवासी ३४ वर्षीय ज्ञानु मल्लको दुर्घटनामा मृत्यु भएको हो।

nisarga

बजारबाट पसलको सामान लिएर घर फर्कने क्रममा घोरडी मणिपुर सडकखण्डमा सुप प्र ०१०११ प ३५४६ नम्बरको मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ ।