
दार्चुला – दार्चुलाको महाकाली नदीमा आएको बाढीले ११ घर बगाएको छ भने, ४ जना बेपत्ता भएका छन् ।
शुक्रबार रातिबाट परेको अविरल बर्षाका कारण दार्चुला सदरमुकामस्थित खलंगाको बंगाबगड क्षेत्रमा बाढीले ठूलो क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

महाकाली नदीको बाढीले एक पक्कि पुल र झोलुगेँ पुलमा समेत क्षती गरेको छ ।
लास्कुखोलामा आएको बाढीको त्रासले नदी तटिय क्षेत्रका मानिसहरु सबै रातीदेखिनै घरबाहिर निस्किएका छन् नदीले कटान गर्ने क्रम नरोकिएकोले सतर्कता अपनाउन स्थानीय सबैमा अनुरोध गरिएको छ ।














