
अत्तरिया – डोटीको सिलगढीमा रहेको नेपाली सेनाको भैरव प्रसाद गणको समुन्वयमा नेपाली सेनाको भर्ना प्रक्रिया सम्बन्धी विद्यार्थीसंग अन्र्तक्रिया तथा चेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
मंगलबार दिपायल सिलगढी नगरपालीका वडा नम्बर ६ मा रहेको पद्यमा पब्लीक मुक्ती नारायण माध्यमिक विद्यालयमा अध्यनरत ८ देखी १२ कक्षासम्मका विद्यार्थीहरुसंग गणले नेपाली सेनाको भर्ना प्रक्रिया सम्बन्धी जानकारी दिदै अन्र्तक्रिया कार्यक्रम गरेको हो ।


कार्यक्रममा भैरव प्रसाद गणका गणपति जनमत बहादुर कार्कीले नेपाली सेनाको भर्ना प्रक्रिया सम्बन्धी विद्यार्थीहरुलाई स्पष्ट पारेका थिए । गणले सोहि विद्यालयको प्रांगणमा विपद् व्यवस्थापन सम्बन्धी डेमो प्रस्तुत गर्दै छात्राहरुलाई सेनेटेरी प्याड समेत वितरण गरेको थियो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिद्धराज जोशी,विद्यालयका शिक्षक,अभिभावक लगायतको सहभागीता रहेको थियो । नेपाली सेनाले देशभरका २८ वटा व्यारेक र गुल्मबाट असोज २३ गतेसम्म दरखास्त दिन सकिने गरी कुल ४ हजार सैन्य पदका लागि दरखास्त खोलेको छ ।














