
डडेल्धुरा – डडेल्धुरामा सर्पको टोकाईबाट एक जनाको मृत्यु भएको छ । परशुराम नगरपालिका–१२ तुलाभाडीका १५ वर्षीय जीतेन्द्र ओखेडाको सर्पको टोकाइबाट मृत्यु भएको हो ।
राति सुतेको बेला सर्पले टोकेपछि जीतेन्द्र आफैँले सर्प मारेर फेरि बिस्तरामा सुतेका थिए।

तर, एक्कासी विषले असर गरेपछि उनलाई बैद्यकहाँ लगिएको थियो। त्यहाँबाट अस्पताल लगिएको उनलाई बचाउन नसकिएको जोगबुढा अस्पतालले जनाएको छ ।














