
कञ्चनपुर – जल तथा मौसम विज्ञान विभागले कैलाली र कञ्चनपुरमा भारी वर्षा मापन भएकोले सतर्क रहन आग्रह गरेको छ ।
शनिबार दिँउसो १२ बजेसम्म कैलाली र कञ्चनपुरको धेरै स्थानमा भारी वर्षा हुने भन्दै विभागले सचेत रहन आग्रह गरेको हो ।

मोहना, खुट्टीया, कान्द्रा, चौधर, स्याली लगायतका साना नदी तथा खोलाहरूमा आकस्मिक बाढी आई खतरा आसपास पुगेको विभागले जनाएको छ ।
अझै पनि थप वर्षा हुने भएकाले कैलाली र कञ्चनपुरका साना नदी तटीय क्षेत्र र डुबान भइरहने होचा स्थानमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।
कैलाली र कञ्चनपुरमा शुक्रबार बिहानदेखी निरन्तर वर्षा भईरहेको छ ।
















