
अत्तरिया – शुक्रबार बिहानदेखी भएको अविरल वर्षाका कारण पहिरो जाँदा भीमदत्त राजमार्ग अवरुद्ध भएको छ। कैलालीको चुरे गाउँपालिका ६ बालकोटमा भीमदत्त राजमार्ग अवरुद्ध भएको हो।
सडक अवरुद्ध भएका कारण सवारी साधनहरु अलपत्र परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

भीमदत्त राजमार्गका अन्य स्थानमा पनि स–साना पहिरोको कारण सडक अवरुद्ध भएको र खुलाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताएका छन् ।














