
डडेल्धुरा – डडेल्धुराकी एक गर्भवतीको हेलिकोप्टरबाट उद्धार गरिएको छ। जिल्लाको परशुराम नगरपालिका वडा नम्बर ३ की २१ वर्षीया राधा ऐरको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो।
सुत्केरी व्याथा लागेकी महिलालाई हेलिकप्टरबाट उद्धार गरेर कर्णाली प्रादेशिक अस्पताल सुर्खेत पुगाइएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए।

जोगबुढा अस्पतालले अन्यत्र रेफर गरेपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत नेपाली सेनाको हेलिकोप्टरमार्फत उनलाई सुर्खेत पुगाइएको हो।













