
डोटी – डोटीको सिलगढी स्थीत भैरवप्रसाद गणमा कार्यरत सैनीक जवान ले रगत दिएपछी एक किशोरीको ज्यान जोगीएको छ ।
गणमा कार्यरत सैनीक जवान कमल खनालले रत्तदान गरेपछी आर्दश गाँउपालीका वडा नम्बर ४ की १५ वर्षीया सरिता विष्टको ज्यान जोगीएको हो ।

जिल्ला अस्पताल डोटीको आकस्मीक कक्षमा भर्ना भएकी विष्टकोलागी रगत नपाएकै कारण अवस्था थप गम्भीर भएको खबर बिहान ११ बजे गणमा पुगेपछी गणले तुरुन्तै रगतको व्यवस्था गरेको हो ।
अहिले किशोरीको अवस्था सुधारोन्मुख रहेको जनाईएको छ । रगत अभाव भएको समयमा डोटीमा कार्यरत सैनीकले रत्तदान गर्दै आएका छन् ।














