डोटीमा प्रदेशस्तरीय खप्तड–शैलेश्वरी गोल्डकप हुने

Image
maya metro

डोटी – डोटीमा सुदूरपश्चिम प्रदेशस्तरीय खप्तड–शैलेश्वरी गोल्डकप हुने भएको छ। नेपाली सेनाको भैरवप्रसाद गण सिलगढी, दिपायल शिलगढी नगरपालिका वडा नम्बर ६ र जिल्ला अस्पताल डोटीको संयुत्त आयोजनामा खप्तड–शैलेश्वरी गोल्डकप २०७९ फुटवल प्रतियोगिता हुने भएको हो । बुधबार पत्रकार सम्मेलनको आयोजना गरी  प्रतियोगिता असोज ८ गतेदेखी १० गतेसम्म हुने जानकारी दिएको छ ।

जिल्ला सदरमुकाम सिलगढी स्थित टुडिखेलमा आयोजना हुने उक्त प्रतियोगितामा ८ वटा टिम सहभागि हुने आयोजकले जनाएको छ । डोटी, कैलाली, बाजुरा, अछाम, डडेल्धुरा र बैतडी जिल्लाका टिम तथा भैरब प्रसाद गण र उद्योग बाणिज्य संघको टिम सहभागी हुने जनाईएको छ ।

nisarga

प्रतियोगितामा पहिलो हुनेलाई १ लाख र दोस्रो हुनेलाई ५० हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ। खेलाडीहरुकोका खाने बस्ने र गाडी भाडाको व्यवस्था समेत आयोजकले गर्नेछ।

यहाँको कला, संस्कृति र पर्यटनको पहिचान गराउने तथा होमस्टेको प्रर्वद्धन गर्ने उदेश्यले जिल्लामा पहिलो पटक प्रदेश स्तरीस्य प्रतियोगितको आयोजना गरीएको भैरवप्रसाद गणका गणपति जनमत बहादुर कार्कीले बताएका छन्।