दार्चुलाको लास्कु खोलामा बेपत्ता शव फेला

Image
maya metro

 दार्चुला – दार्चुलास्थित लास्कु खोलामा आएको बाढीले बगाएर बेपत्ता व्यक्तिको शव फेला परेको छ ।

जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ४ का ५० वर्षीय मोहन लुहारको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले बताएको छ।

nisarga

प्रहरीका अनुसार परीक्षण गरी शव आफन्तको जिम्मा लगाइएको छ।

भदौ २५ गते अविरल वर्षापछि लास्कु खोलामा आएको बाढीले जनधनको क्षति गरेको थियो। बाढीले बगाउँदा १० जना बेपत्ता भएका थिए।