
डोटी – डोटीमा जारी सुदूरपश्चिम प्रदेश स्तरिय खप्तड–शैलेश्वरी गोल्डकप २०७९ को उपाधी कैलालीले जितेको छ ।
सोमबार सिलगढी स्थीत टुँडीखेलमा कैलाली र भैरव प्रसाद गण बिच भएकोे फाइनल खेलमा कैलाली २ – ० गोल अन्तरले विजयी भएको हो । विजेता बनेसंगै कैलालीले १ लाख नगद सहित ट्रफि र प्रमाणपत्र हात पारेको छ भने उपविजेता बनेको भैरव प्रसाद गणले ५० हजार नगद तथा ट्रफि, प्रमाणपत्र प्राप्त गरेको छ ।

डोटीको खेलकुद विकास तथा पर्यटन प्रर्वद्धनमा टेवा पुर्याउने उदेश्य सहित असोज ८ गतेदेखी गोल्डकप सुरु भएको थियो । फुटबल प्रतियोगितामा कैलाली, डोटी, बाजुरा, डडेल्धुरा, उद्योग वाँणिज्य संघ डोटी र भैरव प्रसाद गण सिलगढी गरी ६ वटा टिमले सहभागीता जनाएका थिए ।
नेपाली सेनाको भैरवप्रसाद गण सिलगढी, दिपायल शिलगढी नगरपालिका वडा नम्बर ६ र जिल्ला अस्पताल डोटीको संयुत्त आयोजनामा खप्तड–शैलेश्वरी गोल्डकप २०७९ फुटवल प्रतियोगिता भएको हो । यहाँको कला, संस्कृति र पर्यटनको पहिचान गराउने तथा होमस्टेको प्रर्वद्धन गर्ने उदेश्यले जिल्लामा पहिलो पटक प्रदेश स्तरीस्य प्रतियोगिताको आयोजना गरीएको भैरवप्रसाद गणका गणपति जनमत बहादुर कार्कीले बताएका छन् ।
सोमबार भएको समापन कार्यक्रममा दिपायल सिलगढी नगरपालीकाका प्रमुख बाजी सिहं खड्का,प्रमुख जिल्ला अधीकारी कल्पना श्रेष्ठ,भैरव प्रसाद गणका गापति सेनानी जनमत कार्की,श्री नम्बर ५ बाहिनी अड्डा बाहिनीपति सहायक रथी दिपेशजंग शाह लगायतको सहभागीता रहेको थियो ।















