
अत्तरिया – कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ८ मा रहेको सुर्योदय सामुदायिक रातारात अतिक्रमणमा पर्न थालेको छ ।
स्याउलेको दक्षीणपट्टी रहेको उत्त वनमा रातारात खोकाछाप्रा राख्न थालीएको छ । केहि व्यत्तिले मनलाग्दी खोकाछाप्रा राख्न थालेपछी स्थानीय विरोध गर्दै आएका छन् ।

बुधबार बेलुकीको समयमामात्रै च्याम्फा ट्रयाक्टरमा हालेर एउटा खोका ल्यायिएको छ । तर विरोधपछी उत्त खोका अहिले च्याम्फामै राखीएको छ । रातिको समयमा उत्त खोकाको ठाँउ ओगटिने केहि स्थानीयले आशंका गरेका छन् ।
सुर्योदय सामुदायिक वनकी अध्यक्ष जगतरा देवि सिंहले भने आफुहरुले अवरोध गरेपछी उत्त खोका अब नराखीने बताएकी छन् ।
सडकबाट १५ मिटर दाँया र बाँया सडककै जमीन हुने भएकोले केहि दिन पहिलेपनी स्थानीयले ओगटेको जमीन सडककै क्षेत्रमा पर्ने उनले बताँउदै आएकी छन् ।
तर सडक विभागले आफ्नो क्षेत्र कति हो भन्ने प्रष्ट पारेको छैन् ।
सडक विभागले आफ्नो क्षेत्र कति हो भन्ने प्रष्ट नपारेकै अवस्थामा समिति भने आफ्नो क्षेत्र होईन भन्दै पन्छीने गरेको छ ।
सम्बन्धीत समाचार : अतिक्रमणको चपेटामा सुर्योदय सामुदायिक वन,वनका पदाधिकारीकै मिलेमतोमा अतिक्रमण सुरु भएको स्थानीयको भनाई















