दशैँको गृहकार्यमा सत्यवती एकेडेमीको नयाँ धारणा

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरियामा रहको सत्यवती एकेडेमीले दशैँ बिदामा विद्यार्थीलाई दिईने गृहकार्यमा नयाँ धारणा अघि सारेको छ । किताबि ज्ञान मात्रै र्पयाप्त नहुने भन्दै सत्यवतीले बाहिरी पुस्तकका विषयवस्तु समेट्दै विद्यार्थीकालागी दशैँ बिदाको गृहकार्य तयार पारेको हो । कक्षा सात,आठ र नौ का लागी मदन पुरुस्कार विजेता रामलाल जोशीद्धारा लिखीत “बाआमा ” र विर सिंहद्धारा लिखीत “द एक्जाइल ” का विषयवस्तु समेटिएको छ । आमाबुवाप्रति सद्भावको धारणा जागृत गर्ने उदेश्य सहित “बाआमा ” छनोट गरीएको हो भने “द एक्जाइल ” मा छुवाछुत सम्बन्धी विषयवस्तु समावेश छ ।

त्यस्तै कक्षा चार,पाँच र छ का लागी र झमक कुमारी घिमीरेद्धारा लिखीत “जिवन काँडा की फुल” तथा एक विदेशी बालीकाद्धारा लिखीत “डायरी अफ योगं र्गल ” बाट केहि विषयवस्तु समेट्दै यसपटकको गृहकार्य तयार पारीएको विद्यालयका संचालक विर बहादुर कडायतले जानकारी दिए । अपांगता भएका संतान जन्मीएपनी अवसर पाएमा केहि न केहि गर्न सक्छन् भन्ने सन्देश दिनकालागी झमककुमारी घिमीरेको “जिवन काँडा की फुल” छनोट गरीएको हो भने “डायरी अफ योंग र्गल ” मा बालबालीकाका दैनीक क्रियाकलाप संग सम्बन्धीत विषयवस्तु सजिलो शैलीमा चित्रण गरीएको संचालक कडायतले बताए ।

nisarga

विद्यार्थीमा पुस्तक पढ्ने बानीको विकास गर्न यो अवधारणा अघि सारीएको कडायतले बताए । अबका हरेक बाहिरी किताबका विषयवस्तु समावेश गरी गृहकार्य तयार गरीने उनले बताएका छन् । यो क्षेत्रकालागी यो अभ्यास नयाँ भएकोले केहि अभिभावकले नकरात्मक बुझेको उनले बताए । किताब जुनसुकै ठाँउबाट पनी किन्न सकिनेछ भने अभिभावकको सहजताकालागी भन्दै विद्यालयमैपनी उपलब्ध गराईएको छ । बाहिरी किताबको अध्ययनबाट बालबालीका प्रभावित हुने विश्वास आफुमा रहेको कडायतले बताए । अझैपनी अत्तरिया क्षेत्रका धेरैजसो विद्यार्थी गुणस्तरीय शिक्षाका भन्दै अत्तरिया भन्दा बाहिर जाने चलन रहेको छ । ति विद्यार्थीलाई अत्तरियामै रोक्ने आफ्नो लक्ष्य रहेको उनले बताए ।

युग सुहाँउदो गुणस्तरीय शिक्षा प्रदान गर्नकालागी पढाइको शैली परिवर्तन गर्नुपर्ने कडायतको भनाई छ ।