
डोटी – डोटीमा २४ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक वृद्ध पक्राउ परेका छन् । जिल्लाको जोरायल गाउँपालिका २ डाँडाखाली बस्ने ७७ वर्षीय श्रीधर भण्डारीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
श्रीधरले ती महिलालाई ललाई-फकाई घर नजिकैको सामुदायिक वनमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुडरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।














