दार्चुलामा कार्यरत सशस्त्र प्रहरी हवल्दार साहुले पाए सफाइ

Image
maya metro

दार्चुलाको महाकाली नगरपालिका–२ मुल्लाका सशस्त्र प्रहरीका हवल्दार नरेशसिंह साहुले सफाइ पाएका छन्। २०६० वैशाखदेखि सशस्त्र प्रहरीमा कार्यरत उनले सशस्त्रको ४४ नम्बर गण मुख्यालय खलंगाभित्रको रासनभत्ता प्रकरणलाई मिडियामा ल्याउँदा कारागार चलान भएका थिए।

गणभित्रको हाजिरी विवरण मात्र सार्वजनिक गरेका उहाँ माथि हातहतियार र गोलीगठ्ठासहितको विवरण अनधिकृत व्यक्तिलाई उपलब्ध गराइएको झुठो अभियोग लगाइएको थियो । साहु एक वर्षदेखि दार्चुलामा थिए ।

nisarga

पर्वत दरबन्दी भएपनि घर व्यवहार मिलाउनुपर्ने भएकाले उनले दार्चुलामा काज मिलाएका थिए। स्थानीय निर्वाचनको बेला नौगाड गाउँपालिकाका निर्वाचन अधिकृतको अंगरक्षक भएर खटिएका नरेशले त्यहाँ भेटिएका एक स्थानीय पत्रकारलाई सशस्त्र प्रहरीभित्रको बेथितिबारे जानकारी दिएको बताइएको छ ।

विश्वासमा उपलब्ध गराएको दैनिक हाजिरी विवरणबारे पत्रकारले नै सशस्त्र प्रहरीलाई सघाउ पुग्नेगरी लिखित बयान गरिदिएपछि नरेशका लागि यो प्रकरण प्रत्युत्पादक भएको थियो । गत जेठ ३० गते नरेशलाई दार्चुलाबाट धनगढीको अत्तरियास्थित बाहिनी हुँदै सशस्त्रको हेडक्वार्टर हल्चोक पु¥याइ कारागार पठाइएकोमा परिवार निराश बनेको थियो ।