डोटीमा विपद् सम्बन्धी कृत्रिम घटना अभ्यास सम्पन्न

Image
maya metro

डोटी – डोटीमा विपद् सम्बन्धी कृत्रिम घटना अभ्यास सम्पन्न गरीएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको आयोजनामा नेपाली सेना,नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहभागीतामा विपद् सम्बन्धी कृत्रिम घटना अभ्यास सम्पन्न गरीएको हो ।

nisarga

कृतिम घटना अभ्यास अन्तर्गत विभिन्न समय र स्थानमा आगलागी हुदा अपनाउनु पर्ने सुरक्षा विधिका बिभिन्न उपायका साथै कसरी सुरक्षित रहने र विपद्मा परेका नागरिकहरूको कसरी उद्धार गर्ने भन्ने विषयमा स्थानीयलाई जानकारी गराईएको थियो ।

कृत्रिम घटना अभ्यासमा खाना पकाउने ग्यास, तेल तथा तरल पदार्थ, घरमा हुने आगलागी हुदा कसरी सावधानी अपनाउने र आगो कसरी नियन्त्रण गर्ने भन्ने बारेमा जनाकारी गराईएको थियो ।

घरमा आगलागी हुँदा नआतिएर घाइतेहरुलाई उद्धार गरी उपयुक्त स्थानमा लागि घाइतेको पहिचान गरी साधारण चोटपटक लागे प्राथमिक उपचार कसरी गर्ने भन्ने विषयमा जानकारी गराईएको थियो ।