दार्चुलामा बालक मृत्यु प्रकरणः भारतीय पक्षले दियो मृतक परिवारलाई १० लाख भारु क्षतिपूर्ति

Image
maya metro

दार्चुला – दार्चुलामा सडक निर्माणका क्रममा खसेको ढुङ्गा लागेर एक बालकको मृत्यु भएको घटनामा भारतीय पक्षले क्षतिपूर्ति वापतको रकम दिएको छ ।

शनिबार धार्चुलास्थित एसडिएम कार्यालयमा नेपाली प्रशासन र दार्चुलाका जनप्रतिनिधि समेतको टोलिसंगको छलफलपछि तावाघाट–लिपुलेक सडक निर्माण गरिरहेको गर्ग एन्ड गर्ग कम्पनीले पीडित परिवारलाई क्षतिपूर्ति वापत १० लाख भारु उपलब्ध गराएको हो ।

nisarga

पीडित पक्षसँग भएको सहमतीअनुसार गर्ग एन्ड गर्ग कम्पनीले १० लाख भारु उपलब्ध गराएको दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) तर्कराज पाण्डेले बताए ।

उक्त कम्पनीले सडक निर्माणका क्रममा जिलेटिन विस्फोट गर्दा खसेको ढुङ्गा लागेर व्यास गाउँपालिका–२ का १२ वर्षीय पवन महराको मृत्यु भएकोे थियो ।

त्यस्तै उनकी दिदी १४ वर्षीय सरिना महरा घाइते छन् । उनको जिल्ला अस्पतालमा उपचार भैरहेको र अहिले उनको अवस्था सामान्य नै रहेको बताइएको छ ।