सन्दीप लामिछानेकाे मुद्दा हेर्दाहेर्दैमा

Image
maya metro

काठमाडौं – बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको मुद्दामा बुधबार थुनछेक बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो।

 बिहीबार पनि थुनछेक बहसले निरन्तरता पाउनेछ। बुधबार सन्दीपका तर्फबाट अधिवक्ताहरू मुरारी सापकोटा र रोशनी पौडेलले बहस गरेका थिए। पीडित भनिएकी किशोरीका तर्फबाट ४ जना सरकारी वकिलसहित थप केही कानुन व्यवसायीले पनि बहस गरेका थिए।

nisarga

थुनछेक बहस सकिएपछि अदालतले सन्दीपलाई पुर्पक्ष थुनामा पठाउने वा तारेखमा छाड्नेबारे आदेश दिनेछ।

सन्दीपविरुद्ध मुलुकी अपराध संहित ऐन २०७४ को दफा २१९ को उपदफा २ अन्तर्गतको कसुर लगाइ १० देखि १२ वर्षसम्मको कैद सजाय माग गरिएको छ।

लामिछानेविरुद्ध १७ वर्षीया एक किशोरीले आफूमाथि जर्वजस्ती करणी गरेको भन्दै गत भदौ २१ गते प्रहरीमा जाहेरी दिएकी थिइन्।

त्यतिबेला क्यारेबियन प्रिमियर लिग (सिपिएल) क्रिकेट खेल्न वेष्टइण्डिज पुगेका लामिछाने झण्डै एक महिनापछि असोज २० गते मात्रै स्वदेश फर्किएका हुन् । उनलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरेको थियो ।