डडेल्धुराबाट शेरबहादुर देउवा भारी मतान्तरका साथ सातौं पटक निर्वाचित

Image
maya metro

अत्तरिया – नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा डडेल्धुराबाट भारी मतान्तरका साथ सातौं पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

बुधबार बिहान प्राप्त मत गणनाअनुसार प्रधानमन्त्री देउवा भारी मतान्तरका साथ विजयी भएका हुन्। प्रधानमन्त्री देउवाले २५ हजार ५३४ मत प्राप्त गर्दै विजयी बनेका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकाल १३ हजार ४२ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेका छन्।

nisarga

देउवा र ढकालबीचको मतान्तर १२ हजार ४९२ रहेको छ। नेपाली कांग्रेस बीपीका उम्मेदवार कर्णबहादुर मल्ल ७ हजार ५३५ मत ल्याए। देउवाले डडेल्धुराबाट २०४८ सालदेखि लगातार निर्वाचन जित्दै आएका छन्।

प्रधानमन्त्री देउवाले हालसम्म डडेल्धुराबाट सातौं पटक २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा निर्वाचन जितेका हुन्।