
बैतडी: बैतडीमा हिउँदे फलफूलका बिरुवा वितरण गरिने भएको छ। जिल्लाको दोगडाकेदार गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा किसानहरुलाई विभिन्न हिउँदे फलफूलका बिरुवा वितरण गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रविन्द्रबहादुर धामीले बताए।फलफूलका बिरुवा २५ प्रतिशत लगानी भने स्वयं किसानले गर्नुपर्नेछ।
अनुदानमा फलफूलका बिरुवा लगाउन चाहने किसान, कृषि समूह र फर्मलाई गाउँपालिकामा आवेदन दिन समेत आग्रह गरिएको छ। फलफूलका बिरुवा लगाउन चाहनेहरुले आफूलाई चाहिने बिरुवा संख्या उल्लेख गरेर पौष ३० गतेभित्र आवेदन दिइसक्नुपर्ने गाउँपालिकाले जनाएको छ ।


















