
अत्तरिया – अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवका दर्शक गायक प्रमोद खरेलसंगै रमाएका छन् । महोत्सवमा गायक खरेरले ओइ झुमा,यो कुरा गोप्य नै राखौँला,रातो टिका निधारमा लगायतका गीत गाउँदै दर्शकलाई नचाए ।
महोत्सवमा आज सौगात ओझाको पनी प्रस्तुती राखेका थिए । अत्तरिया उधोग वाणीज्य संघको आयोजनामा पौष २७ गतेदेखी सुरु भएको महोत्सव माघ ९ गतेसम्म चल्नेछ ।

महोत्सवमा भोली(३० गते)लोकप्रिय डेउडा गायक दिपेन्द्र दहाल,माया पाण्डेय,रोजिका चौधरी लगायतको प्रस्तुती रहने छ । त्यसैगरी वन वे डान्स क्याम्प अत्तरिया र कोरियो भाइव अत्तरियाको नृत्य प्रस्तुती रहनेछ ।





























