
अत्तरिया – कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवको आज अन्तिम दिन। आज दिउँसो १ बजे गोदावरी नगरपालीकाका प्रमुख विरेन्द्र भटट्को प्रमुख आतिथ्यमा महोत्सवको औपचारिक कार्यक्रमको समापन गरीने भएको छ । सांगेतिक प्रस्तुती भने बेलुकी ५ बजे सम्म नै रहने छ ।
आज देउडा गायक भोजराज भट्ट ,लोक दोहोरी गायिका कल्पना दाहाल र गायिका सुजाता केसी को प्रस्तुती रहने भएको छ ।

अत्तरिया उधोग वाणीज्य संघको आयोजनामा अत्तरियाको लामीताल परिसरमा भईरहेको महोत्सवमा आज अन्य नृत्य तथा सांगेतिक प्रस्तुतीहरु पनी रहनेछन् ।
महोत्सव हेर्नका लागि सर्वसाधारणका लागि ८० र विद्यार्थीहरुका लागि ५० रुपैया टिकट कायम गरिएको छ । महोत्सवमा शारिरिक अपाङ्गता र जेष्ठ नागरिक तथा एकल महिलालाई भने निःशुल्क गरिएको छ ।





























