सर्वोच्चले सन्दीपलाई दिएन विदेश जाने अनुमति, अर्को पेशी आइतबार

Image
maya metro

काठमाडौँ – क्रिकेटर सन्दीप लामिछानेले तत्काल विदेश जान नपाउने भएका छन्। सर्वोच्च अदालतले उनलाई विदेश जान अनुमति दिने नदिने आइतबार मात्रै निर्णय गर्ने भएको छ।

सन्दीपले क्रिकेट खेल्न यूएई जान पाउनु पर्ने मागसहित बिहीबार दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले सरकारले दायर गरेको रिट पनि सँगै पेश गरेर आइतबारका लागि पेशी तोक्न भनेको हो।

nisarga

सर्वोच्चको यो आदेशसँगै सन्दीप टोलीसँगै यूएई जान नपाउने भएका छन्। नेपाली क्रिकेट टोली शनिबार यूएई प्रस्थान गर्दैछ।

जबरजस्ती करणीको मुद्दामा यसअघि उच्च अदालतले उनलाई धरौटीमा रिहा गर्न आदेश दिए पनि विदेश जान भने प्रतिबन्ध लगाएको थियो। त्यसविरुद्ध सन्दीपले सर्वोच्चमा निवेदन गरेका थिए। तर उनको अपिल अनुसार आदेश हुने नहुने भन्ने टुंगो लाग्न समय लाग्ने भएको हो।

उच्च अदालतले पुस २८ गते सन्दीपलाई धरौटीमा रिहा गर्न आदेश दिएपछि त्यसविरुद्ध पीडितको तर्फबाट उच्च सरकारी वकिल कार्यालयले सर्वोच्चमा निवेदन गरेको छ। सन्दीपलाई थुनामै राखेर पुर्पक्ष गर्नु पर्ने पीडित पक्षको माग छ।