
अत्तरिया – कैलालीको गोदावरी नगरपालीका वडा नम्बर २ मा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको स्वतन्त्र विधार्थी युनीयन(स्ववियु) को सभापतिमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका लोकराज (एलआर) ओझाले दुर्गालक्ष्मीको सभापति बन्न योग्य व्यत्ति आफु नै भएको बताएका छन् । आज मनोनयन दर्तापछी उनले पत्रकार सम्मेलनको आयोजना गर्दै आफुले क्याम्पसमा सक्रिय भएर विद्यार्थीहरुका आवाज बुलन्द पार्दै आएकाले क्याम्पसको सभापति बन्न आफु नै योग्य भएको बताएका हुन् । “दुर्गालक्ष्मीमा विधार्थीहरुका अनेक समस्या छन्,म ति हरेक समस्यासंग परिचत छु ओझाले भने क्याम्पस नियमित रुपमा विधार्थीमाझ आउने हरेक समस्या समाधानकालागी पहल गर्दै आएको छु । सम्पुर्ण साथीहरुले मलाई आफ्नो मत दिएर सहयोग गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।”
उनले आफु विधालयका काममा मात्रै नभएर अन्य सामाजिक काममा पनी सक्रिय रहँदै आएको बताए । दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा बिबिएस चौथो सेमेस्टरमा अध्ययनरत ओझा टिम सहित चुनावमा होमीएका छन् । उनको टिमबाट सचिवमा दिनेश बडु, कोषाध्यक्षमा देवकी बोहरा उम्मेदवार छन । यस्तै सदस्यहरुमा धन बहादुर बोहरा, यमुना भट्ट, निराजन कलेल, पुष्प ओझा, दिपेन्द्र बोहरा र सन्तोष भट्ट रहेका छन । ओझा लाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) ले समर्थन गरेका छन । ओझालाई रास्वपा र राप्रपा निकट विधार्थीले पनी समर्थन गरेका छन् ।पत्रकार सम्मेलनमै दुवै पार्टीले स्ववियु सभापतिमा स्वतन्त्र उम्मेदवारी दिएका ओझालाई समर्थन गर्ने घोषणा गरेका हुन् ।

रास्वपका प्रदेश सदस्य हेमन्त जोशीले आफूहरुले स्ववियु निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका ओझा उपयुक्त उम्मेदवार भएकाले समर्थन गरेको बताए । जोशीले आफ्नो पार्टीको विद्यालय÷क्याम्पसमा राजनीतिक गतिबिधि नगर्ने भएकाले स्वतन्त्र रुपमा उठेका उम्मेदवारलाई समर्थन गरेको बताए । यस्तै राप्रपाका प्रदेश ‘ख’ सचिव विराज बिष्टले विद्यालयमा राजनीतिका नाममा राजनीति मात्रै हुने र फाइदापनी निकट विधार्थीलेमात्रै लिने गरेकाले आफूहरुले स्वतन्त्र उम्मेदवारलाई समर्थन गरेको बताए । सुदूरपश्चिम विश्वविद्यालयको निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारी दर्ताको समय तोकिएको थियो । चुनाव प्रचार प्रसार गर्ने समय चैत ४ गतेदेखि चैत ६ गतेसम्म दिनको २ बजेसम्म र त्यसपछि मौन अवधि सुरू हुनेछ । चैत ८ गते बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म मतदानको समय तोकिएको छ ।


















