तोलाको ६ सयले घट्यो सुनको मूल्य

Image
maya metro

काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य तोलाको ६ सय घटेको छ।

आज सुनको मूल्य प्रतितोला १ लाख ८ हजार रुपैयाँ कायम भएको हो। आइतबार प्रति तोला १ लाख ८ हजार ६ सय रुपैयाँमा कारोबार भएकोरहेको छापावाला सुन आज ६ सय रुपैयाँले घटेर १ लाख ८ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ७ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ।

nisarga

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ९० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला २० रुपैयाँले घटेको हो।