
काठमाडौं – नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । भारतबाट मूल्य घटेर आएपछि मंगलबार निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको हो ।
पेट्रोलको मूल्य भने यथावत राखेको छ ।

अब डिजेलको मूल्य प्रतिलिटर १५५ रुपैयाँ र मट्टीतेलको मूल्य प्रतिलिटर १५५ रुपैयाँ पर्ने छ । पेट्रोलको मूल्य भने प्रतिलिटर १७५ रुपैयाँ नै यथावत छ ।
निगमले पेट्रोलसहित हवाई इन्धन तथा एलपी ग्यासको खुद्रा बिक्री मूल्य हाललाई यथावत नै राखेको छ ।












