पशु स्वास्थ्य शिविरबाट १३८ किसान लाभान्वित

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालीका वडा नम्बर १२ मा पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर सम्पन्न भएको छ । पशु सेवा शाखाको आयोजनामा शनीबार र आईतबार चाप,सल्ली,नायल र सिममा भएको उत्त शिविरबाट १३८ जना किसान लाभान्वित भएका छन् । शिविरमा १३८ किसानका चार हजार ३८ पशुलाई विभीन्न खाले सेवा दिईएको छ ।

शिविरमा तीन हजार ३२५ ओटा भेडाबाख्रा,६५५ गाईगोरु,६८ भैसीरागो तथा १९० कुखुरा र हाँसलाई विभीन्न प्रकारका सेवा दिईएको छ । त्यसैगरी ३ ओटा बंगुर सुंगुरको उपचार गरीएको पशु सेवा शाखाका प्रमुख टेक बहादुर साहुले बताए ।

nisarga

शिविरका क्रममा किसानलाई पशुहरुमा लाग्ने रोग र बच्ने उपायका बारेमा परामर्स पनी दिईएको उनले बताए । पशु सेवा शाखाले मंगलबार वडा नम्बर ४ को दमदरेमा पशु शिविरको आयोजना गरेको छ ।