कैलालीमै फल्यो स्याउ

Image
maya metro

धनगढी – तातो हावापानी रहेको कैलालीमा लटरम्म स्याउ फलेको छ । कैलालीको लम्कीचुहा नगरपालिका –९ प्रतापपुर एकलघरुवामा कृषक गोकर्ण ओलीले लटरम्म स्याउ फलाएका हुन् ।

उनले तीन बिघा जग्गामा व्यावसायिक स्याउ खेती गरेका छन् । चिसो हावापानी भएको हिमाली क्षेत्रमा स्याउ खेती हुँदै आए पनि गर्मी हुने कैलालीमा ओलीले पहिलो पटक व्यावसायिक स्याउ खेती गरेका हुन् । तराईमा स्याउ फल्ने भएपछि यहाँका कृषक उत्साहित भएका छन् ।

nisarga

गोरखापत्रबाट