सुनको मूल्यमा नयाँ रेकर्ड

Image
फाइल तस्बिर
maya metro

एकैदिन तोलामा १ हजार ५ सय रुपैयाँले बढेपछि सुनको मूल्य बुधबार हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज छापावाल सुनको प्रतितोला मूल्य १ लाख १२ हजार पुगेको हो ।

यसअघि गत २१ वैशाखमा छापावाल सुन १ लाख ११ हजार ८ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तेजावी सुनको मूल्य १ लाख ११ हजार ४५० रुपैयाँ कायम भएको छ ।

nisarga

बुधबार चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार १ हजार ३९५ रुपैयाँ पुगेको छ ।

बुधबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३.०८ डलरले वृद्धि भएको छ ।