गेटामा शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय लेखिएको बोर्ड राखियो

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ५ स्थीत  गेटामा शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय लेखिएको बोर्ड राखिएको छ। गेटामा शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले बोर्ड राखेको हो।

अत्तरियादेखि बाजागाजासहित आएका उनीहरुले बिहिवार साँझ गेटामा स्वास्थ्य विश्व विद्यालयको बोड राखेका हुन्। उनीहरुले बिहिवार अत्तरिया बजारसमेत बन्द गरिएका थिए।

nisarga

शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिले सरकारले २०७९ माघ २९ गतेका दिन मन्त्रिपरिषद र जेठ ५ गते नीति तथा कार्यक्रममा पास गरे अनुसार गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन हुनुपर्ने माग गर्दै आइरहेको छ।

सरकारले जेठ १५ गते संसदमा पेश गरको आगामी आर्थिक वर्षको बजेटमा गेटामा प्रतिष्ठान निर्माण गरेर एक सय शैय्याको मात्रै अस्पताल सञ्चालन गर्ने घोषणा गरेपछि समितिले आन्दोलनका कार्यक्रम गर्दै आएको छ।