
अत्तरिया – कैलालीको गोदावरी नगरपालीकाका किसानले भारतबाट ल्याउँदै गरेका अवैध कुखुरा बरामद गरी प्रहरीलाई बुझाएका छन् ।
कञ्चनपुरको वाणीका प्रकाश ऐरले ल्याँउदै गरेका करिब दुई कुन्डल अवैध कुखुरा गोदावरी नगरपालीका वडा नम्बर १ स्थीत मोहना पुल नजिकबाट कृषक स्वयमले बरादम गरेको कुखुरा पालक कृषक प्रेमराज भट्टले बताएका छन् ।

करिब दुई कुण्डल कुखुरा बिहिबार रातीको समयमा बरामद गरी ईलाका प्रहरी कार्यालय मालाखेतीलाई बुझाईएको उनले बताएका छन् ।
“प्रहरी प्रशाशनकै मिलेमतोमा अवैध कुखुरा आँउछ भन्नेमा हामी आज प्रष्ट भएका छौँ उनले किसान स्वयमले समाउन सक्छ तर प्रहरीले सक्दैन ।”
भारतबाट अवैध रुपमा आउने कुखुराकै कारण स्थानीय किसान मार्कामा परेका छन् ।
















