
डोटी – डोटीको सिलगढीमा भोलीदेखी हुने खप्तड शैलेश्वरी गोल्डकप फुटबल प्रतियोगिताको सबै तयारी पुरा भएको छ ।
भोलीदेखी साउन ९ गतेसम्म सञ्चालन हुने खप्तड शैलेश्वरी गोल्डकप फुटबल प्रतियोगिताको दोश्रो सँस्करणको सबै तयारी पुरा भएको हो ।

सोही अवधिमा जिल्ला स्तरीय महिला कबड्डी प्रतियोगिता पनि आयोजना गरिने छ ।
डोटी उद्योग वाणिज्य सँघ दिपायलको आयोजना तथा नेपाली सेनाको भैरव प्रसाद गण सिलगढीको व्यवस्थापनमा हुन लागेको दुबै प्रतियोगिताको सबै तयारी पुरा भएको जनाईएको छ ।
प्रतियोगितामा फुटबलतर्फ ८ र कबड्डीमा १० टिम दर्ता भएका छन् । आज टाइसिट पनी निकालिएको छ । फुटबलतर्फ पहिलो खेल भोली दिँउसो ४ बजे भैरव प्रसाद गण र पुर्वीचौकी गाँउपालीकाबिच हुने भएको छ ।













