गोदावरीका पशुलाई लम्पी स्किन विरुद्धको खोप लगाउन सुरु

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालीकाले पशुलाई लम्पी स्किन विरुद्धको खोप लगाउन सुरु गरेको छ । नगरपालीकाको पशु सेवा शाखाले आइतबारबाट निरोगी पशुलाई लम्पी स्किन विरुद्धको खोप लगाउन सुरु गरेको हो । पहिलो चरणमा पाँचसय पशुलाई खोप लगाईने शाखाले जनाएको छ । नगरपालीकाका सबै वडाका पशुमा प्रकोपका रूपमा रहेको लम्पी स्किन नामक सङ्क्रमणबाट पशुलाई बचाउन खोप लगाईने भएको हो ।

खोप लगाउनका लागी व्यवशायिक कृषी फर्म,सडक छेउछाउका बस्तीमा भएका पशुलाई पहिलो प्राथमिकतामा राखीएको नगरपालीकाका पशु सेवा शाखा प्रमुख टेक बहादुर साहुले बताएका छन् । पहिलो पटक,पहिलो चरणमा पाँचसय मात्रै खोप आएको हुँदा व्यवशायिक कृषी फर्म,सडक छेउछाउका बस्तीमा भएका पशुलाई पहिलो प्राथमिकतामा राखीएको उनले बताए ।

nisarga

पशुपन्छी उपचार केन्द्र सेहरी, पशुपन्छी उपचार केन्द्र गेटा, पशुपन्छी उपचार केन्द्र हाटखोली र पशुपन्छी उपचार केन्द्र अत्तरियाबाट रोकथामकालागी नियमित उपचार भईरहेको शाहुले बताएका छन् । गोदावरी नगरपालीकामा लम्पी स्किनबाट हालसम्म करिब ६० पशुको मृत्यु भएको नगरपालीकाको पशु सेवा शाखाले जनाएको छ । बाह्र ओटै वडामा संक्रमण फैलीएकाले कति पशुमा संक्रमण छ भन्ने एकिन हुन नसकेको शाखाले जनाएको छ ।

छाडा पशु चौपायामा पनी यो रोगको संक्रमण देखीएको तर उपचारमा समस्या भईरहेको शाखा प्रमुख साहुले बताएका छन् । लम्पी स्किन रोग नेपालमा पहिलो पटक २०७७ सालमा पुष्टि भएको थियो । सोही समयमा करिब तीन हजार पशुमा यो रोग पुष्टि भएको थियो ।