१४ वर्षपछि गायनमा फर्किए अन्तराम बिष्ट, देउर्‍या गित सार्वजनिक

Image
maya metro

धनगढी – कुनै बेला देउडा गायनमा जमेर चर्चित बनेका अन्तराम बिष्ट यो बीचमा गुुमनाम जस्तै बने । दर्शक तथा स्रोताको मन, मस्तिष्कबाट भने ओझेलमा नपरेका बिष्ट २०६६ सालदेखि देउडा संगितको क्षेत्रबाट टाढा भए । यो अवधीमा कञ्चनपुरकाे गुलरियामा आफ्नै विद्यालय खाेलेर उनी शिक्षण पेशामा क्रियाशिल रहे । तर बिष्टलाई दर्शक र स्रोताकाे मायाले फेरि देउडा गायनमा फर्किने हुठहुठी जाग्याे । साेही हुठहुठी लिएर बिष्ट १४ वर्षपछि फेरी सांगितिक क्षेत्रमा फर्किएका छन् ।

२७ वर्षअघि रेकर्ड गरिएको चर्चित एल्बम बरयातको ‘देउर्‍या ’ बोलको देउडा गितको शब्द परिमार्जनसहित बिष्टले म्युजिक भिडियो बजारमा ल्याएका छन् । बिष्टले आफ्नो व्यक्तिगत युट्युब च्यानलबाट बुधबार उक्त गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

nisarga

आफैले सिर्जना गरेको गित बिष्ट र गायिका कृष्णा सिराडीको स्वरमा रहेको छ । २७ वर्षअघि भने गायिका पवित्रा घर्तीमगरले गितमा स्वर दिएकी थिइन् । गितले देबर र भाउजुबीचको आत्मीयतालाई उजागर गर्ने प्रयास गरेको छ ।

२०२७ सालमा बैतडीको पाटनमा जन्मिएका बिष्ट सुुदूरपश्चिमको देउडा गायनमा सर्मपित गायक मध्येका एक हुन् । २०५१ सालमा गायन क्षेत्रमा प्रवेश गरेका विष्टले २४ वटा एल्बम निकालिसकेका छन् भने ७ सय गितमा स्वर दिएका छन् । पुरुषका जुंगाका बारेमा गाइएको बिष्टको घोप्ट्या जुङ गित निकै चर्चित भएको थियो । उक्त गितले २०६६ सालमा डोटेली भाषाको देउडा गित मध्येकै उत्कृष्ट भएको थियो ।