अछामको ओलीगाउँ र विनायकबाट जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ

Image
maya metro

अछाम: अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरू जिल्लाको ओलीगाउँ र विनायकबाट पक्राउ परेका हुन्।प्रहरीले जुवाको खालबाट नगद ८६ हजार ८९० रुपैयाँ पनि बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकका अनुसार मंगलसेन नगरपालिका–९ बस्ने कमल रावलको घरमा जुवा खेलिरहेको अवस्थामा सोमबार राति १ बजे ७ जनालाई नियन्त्रणमा लिइएको हो।पक्राउ पर्नेमा घरधनी रावलसहित स्थानीय राजेन्द्र रावल, हिक्मत रावल, कमानसिंह ओड, प्रकाश रावल, केशर रावल र एकराज रावल छन्।

nisarga

उनीहरूको साथबाट नगद ५० हजार ७९० रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ। अछामकै पञ्चदेवल विनायक नगरपालिका– ३ कागतोला बस्ने बलबहादुर शाहीको घरमा लुकिछिपी जुवा खेलिरहेको अवस्थामा नौजना पक्राउ परेका छन्।उनीहरूको साथबाट ३६ हजार एक सय रुपैयाँ बरामद गरिएको हो।

पक्राउ पर्नेहरूमा घरधनी शाहीसहित कृष्णभक्त जैसी, रमेश शाही, पदम आउजी, शेरबहादुर आउजी, खकेन्द्र तिमिल्सिना, कृष्ण बुढा, हेमन्त शाही र तुलबहादुर बुढा छन्। ओलीगाउँमा पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय मंगलसेन ल्याइएको छ भने कागतोलामा पक्राउ परेका ९ जनालाई इलाका प्रहरी कार्यालय विनायकमा राखिएको प्रहरी नायब उपरीक्षक पाठकले जानकारी दिए।