कृष्णपुरका किसानलाई कृषि उपकरण सहयोग

Image
maya metro

कञ्चनपुर – कञ्चनपुरको कृष्णपुरका किसानलाई शनिवार कृषि उपकरण सहयोग गरिएको छ।

कृष्णपुर नगरपालिका–२ नम्बर वडा कार्यालयले स्थानीय किसानलाई कृषि उपकरण सहयोग गरेको हो।

nisarga

शनिवार किसानलाई कृषि समाग्री हस्तान्तरण गर्दै कृष्णपुर नगरपालिका–२ का वडाध्यक्ष अर्जुनसिंह साउदले स्थानीय किसानलाई व्यवसायिक कृषि कामकाजमा सहजताका लागि कृषि समाग्री सहयोग गरिएको बताए।

कृष्णपुर–२ नम्बर वडा र दिपेन्द्र स्मृति सामुदायिक वनले संयुक्त रुपमा ५०÷५० प्रतिशत अनुदानमा कृषि समाग्री दिएको हो।