
जब मेरा यी नयनले तिमिलाई देखेको थिए
त्यो पहिलो भेटले धेरै कुरा सिकेको थिए
कसले सुन्दर रूप बनायो मन सँग प्रश्न सोधे
हेर्दा पनि यी आँखालाई विश्वास गर्न नसकी सोधे
तिम्रा ती नयनमा यो मनलाई राखेको छु
म तिमि सँग मात्र माया मा परेको छु
मेरो यो सानो मनमा धेरै भावनाहरू राखेको छु
आँखामा सपनाको वर्षा छ जसलाई पुरा गर्न खोजेको छु

मलाई हिँड्नको लागि तिम्रो साथ चाहिन्छ
तिमि टाढा भए पनि मनले नजिक देखाउँछ
मेरो चाहना तिमि छौ तिमि मेरो भगवान् हौ
मैले माया गर्ने प्रयास गरेको थिए जो तिमि नै हौ
तिम्रो नाम दिलमा लेखेर राख्छु
मैले हारेको छैन निश्चित जित्ने छु
जब मेरा यी नयनले तिमिलाई देखेको थिए
त्यो पहिलो भेटले धेरै कुरा सिकेको थिए
नाम -गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी















