सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

Image
maya metro

काठमाडौं – क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा परेको छ।

nisarga

पाटन उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासले वादी प्रतिवादी दुवै पक्षका कानुन व्यवसायीको बहस सकिएपछि हेर्दाहेर्दैमा राखेको हो।

अदालतका प्रवक्ता तीर्थराज भट्टराईका अनुसार दुवै पक्षको बहस सकिएकाले हेर्दाहेर्दैमा राखिएको हो। पेसीले भोलि निरन्तरता पाउने उनको भनाइ छ।