आजदेखि टी-२० विश्वकप

Image
maya metro

काठमाडौं – आईसीसी टी–२० विश्वकप आजबाट अमेरिकामा शुरु भएको छ । वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रुपमा आयोजना गर्ने प्रतियोगिता एक महिनासम्म चल्नेछ। उदघाटन खेलमा अमेरिका र आयोजक आमने सामने हुँदैछन्। खेल नेपाली समय अनुसार सवा ६ बजे डलासमा सुरु भईसकेको छ ।

अमेरिकाले टस जितेर बलिङ गरेको छ । क्यानडाले आईसीसी टी-२० विश्वकप २०२४ को पहिलो खेलमा घरेलु टोली अमेरिकालाई १९५ रनको लक्ष्य दिएको छ ।

nisarga

वेस्ट इन्डिजले दोस्रोपटक विश्वकप आयोजना गर्न लागेको हो भने अमेरिकाले पहिलो मौका पाएको हो।

प्रतियोगितामा पहिलोपटक २० टोलीले प्रतिस्पर्धा गर्दैछन्। पछिल्लो संस्करणमा १६ टोलीको मात्र सहभागिता रहेको प्रतियोगितामा यसपटक ४ टोली थपेर २० टोलीमा पुर्याइएको हो।