सुनको मूल्य हालसम्मकै उच्च

Image
फाइल फोटो
maya metro

काठमाडौं – मंगलबार सुनको भाउ तोलामा १७ सय रुपैयाँ बढेको छ । सो वृद्धिपछि हालसम्मकै उच्च मूल्य कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलाको १ लाख ४२ हजार ७ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन १ लाख ४१ हजारमा कारोबार भएको थियो । यसअघि शुक्रबार सुनको भाउ १ लाख ४२ हजार २ सय रुपैयाँ पुगेको थियो ।

nisarga

त्यस्तै चाँदी प्रतितोला २५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ८३५ रुपैयाँमा कारोबार भएकोमा आज १ हजार ८६० रुपैयाँ कायम भएको छ ।