डोटीमा माइती जान लागेकी महिलाको पहिरोमा परेर मृत्यु, बालिका घाइते

Image
maya metro

डोटी – डोटीमा पहिरोमा परेर एक महिलाको मृत्यु भएको छ। माइती जाने क्रममा आदर्श गाउँपालिकामा पहिरोमा परेर एक जना महिलाको मृत्यु भएको छ। साथै एक बालिका घाइते भएकी हुन।

आदर्श गाउँपालिका–३ उन्ने ओडार भन्ने ठाउँमा माथिबाट आएको पहिरोमा परि सोही वडाको आगरकी ६१ वर्षीया कौमती देवी ऐरको मृत्यु भएको वडा अध्यक्ष दीपेन्द्र प्रसाद पाठकले जानकारी दिए।

nisarga

वडा अध्यक्ष पाठकका अनुसार कौमती सँगै रहेकी मृतककी करिब १२ वर्षीया नातिनी भुवनेश्वरी ऐर घाइते भएकी छन्।

कौमतीको आफ्नी नातिनी सहित आदर्श गाउँपालिका–६ सवखोला जानेक्रममा शनिवार बिहान ११ बजेतिर बाटो माथिबाट आएको पहिरोमा परि मृत्यु भएको हो।