
अत्तरिया – कैलालीको अत्तरियामा सुदूरपश्चिम प्रदेशका उत्पादन वस्तुहरू बिक्री, वितरण, प्रर्वद्धन र प्रदर्शनी बजार आजदेखी लाग्दै छ । उत्त बजारको आज बिहान साढे दश बजे नेपाल सरकारका उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गर्ने भएका छन् ।
नेपालीहरुको महान् पर्व दशैं–तिहारलाई लक्षित गरेर ‘सुदूरपश्चिमकै लगाउने,सुदूरपश्चिम कै खाने’ उद्देश्यका साथ नेपाल चेम्बर्स अफ कमर्स सुदूरपश्चिम प्रदेश, कैलाली चेम्बर्स अफ कमर्स अत्तरिया र समृद्ध सुदूरपश्चिम अभियानको संयुक्त आयोजनामा बजार लाग्ने भएको हो ।

असोज २२ गते देखि कार्तिक १७ गते सम्म उक्त बिक्री वितरण, प्रवद्र्धन र प्रदर्शनी बजार लाग्न गइरहेको आयोजकले जनाएको छ । सुदूरपश्चिमका वस्तुहरू उत्पादन भएका आफुहरुले देखेका पाएका वस्तुहरूलाई बजारमा ल्याउने उद्देश्यले बजार मेला कार्यक्रम आयोजना गर्न गइरहेको आयोजकले जनाएको छ ।
प्रदर्शनी बजारमा सुदूरपश्चिमका भरिका विभिन्न उत्पादित खाने लगाउने लगायतका वस्तुहरू राखिने छ । उक्त बजारमा स्टल निःशुल्क गरिने आयोजकले जनाएको छ ।
प्रदर्शनीमा सुदूरपश्चिमका १२ भन्दा बढी उत्पादन प्रवर्द्धनको लागि स्टलहरु रहने आयोजकले जनाएको छ । प्रदर्शनी अत्तरिया चोकको पश्चिम तर्फ रहेको सुदूर सिटी सेन्टरको छेउमा रहेको खुल्ला ठाउँमा हुनेछ ।















