
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ स्थीत खुटियाबाट नदीजन्य पर्दाथ उत्खनन् सुरु भएको छ ।
गोदावरी नगरपालिकाले कार्तिक अन्तिम साता नदीजन्य पर्दाथ संकलनका लागि ठेक्का लगाएको भएपनि वडा नम्बर ८ बासीले विभिन्न माग राख्दै संकलन गर्न दिएका थिएनन् ।

उनीहरुले सरकारले खुटिया नदीको कटानी प्रभावित क्षेत्रका नागरीहरूको जमिनमा तटबन्ध योजना, स्थानीयले पाउनुपर्ने हकदाधिकारको विकासको योजना, भई परी आउने समस्याको समयमा स्थानीय सँग समन्वय गरी समाधान गर्नुपर्ने माग राखेका थिए ।
सम्बन्धित निकायले माग सुनुवाई नगरेपछी नदीजन्य पर्दाथ संकलन सुरु गरिएको हो । खुटिया नदी गोदावरी नगरपालिकाले ५ करोड ८६ लाख ६० हजार ६७८ रुपैँयामा बालाजी कन्ट्रक्सनलाई ठेक्का लगाईसकेको हो ।















