रमेश बिजुली बिसीको निर्देशनमा “काँ छ राजा कोटको” गित सार्वजनिक ( भिडियो सहित)

Image
maya metro

अत्तरिया – सुदूरपश्चिमको मौलिक देउडा संस्कृतिलाई जोगाउँदै मायाप्रेमको भावलाई प्रस्तुत गर्ने गित ‘काँ छ राजा कोटको’ सार्वजनिक भएको छ। रमेश बिजुली बिसीको निर्देशनमा तयार पारिएको यो गितले सुदूरपश्चिमको सांस्कृतिक र सांगीतिक मौलिकतालाई उजागर गरेको छ।

गितमा रमेश बिक र रेखा जोशीको सुमधुर स्वर रहेको छ भने, लय प्रेम मल्लले तयार पारेका छन्। संगीत संयोजनमा कृष्ण बाजुरेलीले आफ्नो उत्कृष्टता प्रस्तुत गरेका छन्।

nisarga

म्युजिक भिडियोमा रमेश बिक, मनिषा रावल र सरोज रोकायाले आफ्नो प्रभावशाली अभिनय गरेका छन्। गितको छायाङ्कन दया चौधरीले गरेका छन् भने सम्पादन शंकर साउदले गरेका छन्। दृश्य निर्माणमा जुन प्रोडक्सनले योगदान दिएको छ।

यो गित सुदूरपश्चिमको मौलिकता, संस्कृति, र प्रेमभावलाई संरक्षण गर्दै नेपाली संगीतप्रेमीलाई मनोरञ्जन प्रदान गर्ने प्रयास हो। गित अहिले Ramesh Bijuli BC नामक युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ।

संगीतप्रेमीहरूले गितलाई माया र समर्थन दिएर सुदूरपश्चिमको सांस्कृतिक धरोहरलाई थप प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।