डोटीमा भालुको आक्रमणबाट श्रीमान् श्रीमती घाइते

Image
maya metro

डोटी – डोटीमा भालुको आक्रमणबाट श्रीमान् श्रीमती घाइते भएका छन्।

जिल्लाको सायल गाउँपालिका–६ स्वाडाका अन्दाजी ६० वर्षीय करी साउद र उनकी श्रीमती अन्दाजी ५५ बर्सिया दुर्गा साउद घाइते भएका जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

nisarga

सौडीखेत स्थित खर्क(गोठ) मा सोमवार राति उनीहरूलाई भालुले आक्रमण गरेको हो।

भालुको आक्रमणबाट घाइते दुवै जनाको अनुहार र शरीर भरि घाउ छन्। घाइते दुबै जनालाइ उपचारको लागि सिलगढी लगिएको प्रहरीले जनाएको छ।