सेती नदीमा डुबेर एक जना बेपत्ता

Image
maya metro

डोटी – सेती नदीमा डुबेर एक जना बेपत्ता भएका छन्।

बिहीवार साँझ सेती नदीमा डुबेर शिखर नगरपालिका–४ बनौली बस्ने १९ वर्षीय नरेश महरा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानाएको छ।

nisarga

महरा आफन्तको विवाहको कार्ड वितरण गरी फिर्ता हुने क्रममा वडा नम्बर ५ र ७ को सिमानामा पर्ने कैले ठूलीगाड खोलाको तलाउमा नुहाउने क्रममा डुबी बेपत्ता भएका हुन्। उनको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ।