सेवा निवृत्त भएका जोशीको ११ किलोको मालासहित भव्य बिदाइ

Image
maya metro

अत्तरिया – शिक्षण पेशाबाट सेवा निवृत्त भएका कैलालीको गोदावरी नगरपालिका वडा नम्बर- २ मा रहेको दुर्गालक्ष्मी नमूना माविका प्रधानाध्यापक शिवराज जोशीको बिदाइ गरिएको छ ।

आज एक समारोहका बिच विद्यालय व्यवस्थापन समिति, जनप्रतिनिधि, शिक्षकहरु र विद्यार्थीहरुले जोशीको ११ किलोको मालासहित भव्य बिदाइ गरेका हुन् ।

nisarga

जोशीले २०७१ साल वैशाख १ गते देखि दुर्गालक्ष्मीमा प्रधानाध्यापकको जिम्मेवारी सम्हालेका थिए । ६० वर्षे उमेरहदका कारण जोशी अनिवार्य अवकाशमा गएका हुन् ।

विद्यालयको प्रमुखमा रहँदा शैक्षिक स्तर उकास्न उनले शिक्षा मन्त्रालय, विभिन्न संघसंस्था र सरोकारवालासँग समन्वय गर्दै उल्लेखनीय भूमिका निर्वाह गरेका थिए ।

उनको योगदानको स्मरण स्वरूप विद्यालयमा भव्य बिदाइ समारोहको आयोजना गरिएको थियो । गोदावरी- ३ मालाखेतीका स्थानीय रहेका जोशीलाई बाजागाजा र र्यालीसहित घरैसम्म पुगाइएको थियो ।

उनको बिदाइमा व्यवस्थापन समिति अध्यक्षसहितका पदाधिकारी, जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितका पूर्व अध्यक्षहरु, शिक्षक कर्मचारी तथा विद्यार्थीहरु भावुक बनेका थिए ।